राप्रपा मतगणनाः राजेन्द्र लिङदेन अघिअघि, कमल थापा पछिपछि – Nepal Press

राप्रपा मतगणनाः राजेन्द्र लिङदेन अघिअघि, कमल थापा पछिपछि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि अहिले मतगणना भइरहेको छ । हिजो राती अवेर मतदान सकिएपछि रातीदेखि नै मतगणना सुरु गरिएको हो ।

विहान ६ बजेसम्म करिव ३ हजार मत गनिसक्दा राप्रपाका एकमात्र प्रत्यक्ष निर्वाचित सांसद लिङदेन र वर्तमान अध्यक्ष थापाबीच कडा प्रतिस्पर्धा देखिएको छ । एकसय बढी मतान्तरले लिङदेनले सुरुआतदेखि नै अग्रता कायम राखेका छन् ।

२ हजार ९६४ मत गणनामा लिङदेनको १३७१ र थापाको १२५४ मत आएको छ । ३३९ मत बदर भएकाे छ । नयाँ नेतृत्व तथा पदाधिकारी चयनका लागि भएको निर्वाचनमा राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय मत खसेकाे थियाे ।

अध्यक्षका लागि परम्परागत मतदान प्रक्रिया अपनाइएको थियो भने अन्य पदाधिकारीका लागि विद्ययुतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर