भगवान राम र सीता पहिलो पटक भेटेको सम्झनामा मनाइयो ‘फूलवारी लीला’ – Nepal Press

भगवान राम र सीता पहिलो पटक भेटेको सम्झनामा मनाइयो ‘फूलवारी लीला’

जनकपुरधाम । सीता—राम विवाह पञ्चमी महोत्सवको दोस्रो दिन शनिवार साँझ फूलबारी लीला मनाइएको छ ।त्रेतायुगमा भगवान् राम र सीताको पहिलो पटक फूलवारीमा भेट भएको सम्झनामा ‘फूलबारी लीला’ मनाइएको हो ।

मैथिली गीत, नादसहित भगवान् राम, सीता र लक्ष्मणको प्रतीक झाँकी बनाएर जानकी मन्दिरकै छेउमा रहेको विवाह मण्डपको फूलबारीमा ुफूलवारी लीलाु मनाइयो । उक्त अवसरमा हजारौं श्रद्धालु उपस्थित थिए ।

विवाह पंचमी महोत्सवको पहिलो दिन शुक्रवार जानकी मन्दिर प्राङ्गणमा ‘नगर दर्शन’ विधि सम्पन्न भएको थियो । अब भोली तेस्रो दिन १९ गते रंगभूमि मैदान बारहविघामा धनुषयज्ञ हुने मूल आयोजक कमिटीले जनाएको छ ।

त्यस्तै चौथो दिन २० गते राम मन्दिर प्राङ्गणमा भव्य मञ्च बनाएर तीलकोत्सव र पाँचौँ दिन २१ गते मिथिलाको परम्परा अनुसार मटकोर विधि हुनेछ । त्यस्तै मुख्य कार्यक्रम छैठौं दिन २२ गते भगवान् राम र सीताको स्वयंवर तथा शुभ विवाह जानकी मन्दिर प्राङ्गणमा हुनेछ ।

सातौँ दिन २३ गते ुराम कलेवाु जानकी मन्दिर प्राङ्गणमा गरी अयोध्याबाट जन्तीको रूपमा आउने साधु सन्तलाई बिदाइ गरेर विवाह पञ्चमी समापन हुनेछ । यतिबेला जनकपुरमा विवाह पञ्चमीको रौनक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर