राप्रपा महाधिवेशन : चाउचाउले भोक टार्दै प्रतिनिधिहरु (तस्बिरहरु) – Nepal Press

राप्रपा महाधिवेशन : चाउचाउले भोक टार्दै प्रतिनिधिहरु (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि अझै मतदान जारी रहेको छ ।

दिउँसो १२ बजेबाट सुरु भएको मतदान सकिने अझै कम्तिमा पनि चार घण्टा लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ ।

अहिलेसम्म करिब ६५ प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । प्रतिनिधिहरु भने विहानैदेखि मत खसाल्न लाइनमा बसिरहेका छन् ।

राजधानीमा जारी महाधिवेशनमा सहभागी प्रतिनिधिहरु नयाँ नेतृत्व चयनका लागि आफ्नो मत दिनका लािग भोकभोकै लाइनमा बसेका छन् ।

केहीले चाउचाउ खँदै आफ्नो भोक टारिरहेका छन् त केही मतदाता आफ्नो पालो कहिले आउला र मतदान गरौँला भन्ने पर्खाइमा रहेका छन् ।

राप्रपामा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा चलिरहेको छ । अन्य पदमा पनि प्यानल बनाएर नै उम्मेदवारहरु प्रतिस्पर्धामा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर