बलिउड अभिनेता केके मेनन काठमाडौंमा, विजय सेतुपाथी भोलि आउने – Nepal Press

बलिउड अभिनेता केके मेनन काठमाडौंमा, विजय सेतुपाथी भोलि आउने

काठमाडौं । वेब सिरिज सुटिङको लागि बलिउड अभिनेता केके मेनन शुक्रबार नेपाल आइपुगेका छन् । कृष्णदशारा कोथापालीले निर्देशन गर्ने ‘फेक’ नामक वेबसिरिज आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।

नेपाल एयरलाइन्सको विमानबाट अभिनेता मेनन १२ः३० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । यही सिरिजका लागि दक्षिण भारतीय सुपरस्टार विजय सेतुपाथी शनिबार दिउँसो काठमाडौं आउँदैछन् ।

गत महिना उचाइ फिल्म छायांकनपछि बलिउडको अर्को ठूलो प्रोजेक्ट काठमाडौं आउन लागेको हो । चारदिने नेपालको छायांकन सेड्युल रहेको सिरिजको सुटिङ त्रिभुवन विमानस्थल र बसन्तपुरमा हुनेछ ।

सुटिङको नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्स पिक्चर्सका अनुसार चारदिने सुटिङमा झन्डै ४ करोड रुपैयाँ खर्च हुने जनाइएको छ । यसअघि उक्त कम्पनीले नै बलिउड फिल्म ‘उचाइ’ छायांकनको नेपाल व्यवस्थापन हेरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर