फ्राइडे रिलिज : नेपाली फिल्म हलमा आजदेखि ‘ओभरडोज’ र ‘तडप’देखि ‘एनकान्टो’सम्म – Nepal Press

फ्राइडे रिलिज : नेपाली फिल्म हलमा आजदेखि ‘ओभरडोज’ र ‘तडप’देखि ‘एनकान्टो’सम्म

काठमाडौं । शुक्रबार नेपाली फिल्म हलहरुमा नेपाल, हलिउड र बलिउडका तीन नयाँ फिल्म रिलिज भएका छन् । जसमा नेपालको ‘ओभरडोज’, बलिउडको ‘तडप’ र हलिउडको ‘एनक्यान्टो’सम्म छन् ।

सुमन पौडेल निर्देशित ओभरडोजले अमेरिकामा बसोबास गर्ने नेपाली युवाको लागूऔषध र अपराधको सम्बन्धको कथा भन्छ । प्रनिशराज पन्तको मुख्य भूमिका रहेको फिल्ममा सबिन थापा र बिना श्रेष्ठ पनि छन् ।

काठमाडौं र मोफसलका केही साना मल्टिप्लेक्समा यो फिल्म रिलिज भएको छ ।

एक्सन-ड्रामा र रोमान्स जनरामा राखिएको फिल्म तडपमा तारा सुतरिया र आहान सेठ्ठीको मुख्य भूमिका छ । बलिउड अभिनेता सुनिल सेठ्ठीका छोरा आहानको यो डेब्यु फिल्म हो ।

मिलन लुथरिया निर्देशित यो फिल्मले उत्तराखण्डको कथा भन्छ । इसान (आहान) विदेशबाट फर्किएकी रमिशा (तारा)को प्रेममा पर्छ । उनीहरुबीच रोमान्स र प्रेम निकै हुन्छ । यी दुईको सम्बन्ध टिकाउ हुन्छ या हुँदैछ भन्ने कुरा जान्न फिल्म हेर्नुपर्छ ।

डिज्ने स्टुडियोले निर्माण गरेको फिल्म एनकान्टो एनिमेटेड र म्युजिक फ्यान्टासी फिल्म हो । जेरर्ड बुस र बेरन होवार्ड निर्देशित यो फिल्म वाल्ट डिज्नेको ६० औं फिल्म हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर