घोडाघोडीमा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव हुने – Nepal Press

घोडाघोडीमा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव हुने

कैलाली । कैलालीको घोडाघोडीमा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव हुने भएको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा आगामी २० गतेबाट सांस्कृतिक महोत्सव हुने भएको छ ।

कैलालीको सुखडमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै सांस्कृतिक महोत्सवको तयारी सुरु भएको जानकारी गराइएको छ । आगामी २० गते देखी २२ गते सम्म महोत्सव चल्ने सांस्कृतिक महोत्सवका संयोजक बुधराम चौधरीले जानकारी दिए ।

कैलालीको घोडाघोडी नगरपालिका तथा बर्दगोरीया गाउँपालिका ८२ गाउँका स्थानीय उपस्थित हुने छन् ।

थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखी गदै आएको बताइन्छ । अन्नबाली घर भित्राइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनु पर्ने मान्यता सहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ ।

पछिल्लो एक दशक देखि यहाँ महोत्सव समेत आयोजना हुन लागेको हो । महोत्सवमा थारु संस्कृति झल्कने झाकि तथा विभिन्न सास्कृतिक कार्यक्रमहरू समेत आयोजना हुने शङ्कर डगौराले जानकारी दिए ।

यहाँ कैलाली कञ्चनपुर, दाङबाट पनि ठुलो सङ्ख्यामा भक्तजनहरू आउने बताइएको छ । महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर