कमल थापाकी कान्छी छोरी पनि चुनावी मैदानमा, बनिन् केन्द्रीय सदस्य उम्मेदवार – Nepal Press

कमल थापाकी कान्छी छोरी पनि चुनावी मैदानमा, बनिन् केन्द्रीय सदस्य उम्मेदवार

काठमाडौं । राप्रपामा पनि नेताका छोराछोरी र परिवारका सदस्य राजनीतिमा सक्रिय हुन थालेका छन् । काठमाडौंमा जारी राप्रपा महाधिवेशनमा पुनः अध्यक्षको उम्मेदवार बनेका कमल थापालाई छोरीले पनि राजनीतिमा पछ्याएकी छन् ।

कमल थापाकी कान्छी छोरी प्रतिष्ठा थापा रायमाझी राप्रपा महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेकी छन् । उनले महिला कोटाबाट केन्द्रीय सदस्यमा मत मागिरहेकी छन् ।

यसअघि कमल थापाको परिवारबाट श्रीमती प्रलिता थापा पनि राजनीतिमा सक्रिय भएकी थिइन् ।

अहिले पनि कमल थापाका बाबुछोरी चुनावी मैदानमा उत्रिदा प्रलिता मतदाता छिन् । त्यस्तै कमल थापाका भाइ गणेश थापा र उनका छोरा अभिशेक पनि चुनावी मैदानमा छन् ।

थापाकै प्यानलबाट उपाध्यक्ष उम्मेदवार बनेका बुद्धिमान तामाङकी पत्नी सरस्वती लामा पनि केन्द्रीय सदस्यको उम्मेदवार छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर