मौद्रिक नीति समिक्षाको ह्याङओभर नेप्सेमा अझै हटेन, बजार ४९.०४ अंकले घट्यो – Nepal Press

मौद्रिक नीति समिक्षाको ह्याङओभर नेप्सेमा अझै हटेन, बजार ४९.०४ अंकले घट्यो

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुको निराशा थप बढ्दै गएको छ । यो साता मात्रै नेप्समा करिब १४७ अंकको गिरावट आएको छ भने कारोबार घट्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले आफ्नो नियमाकीय परिधिभन्दा बाहिर गएर मौद्रिक नीति मार्फत सेयर बजारमा हस्तक्षेप गरेपछि गत भदौबाट बजारमा थुप्रै उत्तारचढाबहरु देखिएका छन ।

नेपाल राष्ट्र बैंकले सेयर बजारमा जाने मार्जिन प्रकृतिको कर्जामा ४/१२ को सिमा तोकेपछि सेयर बजारमा नाटकीय उत्तारचढावहरु देखिएका छन ।

राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सिमा बढाउने वा हटाउने भन्दै हल्ला चलाउँदै करिब २५ सय १४ अंकको बिन्दुमा पुगेको बजारलाई बढाएर २८१९ अंक बिन्दुमा पुर्याइएको थियो ।

मौद्रिक नीतिको पहिलो त्रैयमासिक समिक्षा मार्फत सेयर कर्जाको सम्वन्धि व्यवस्थालाई निरन्तरता दिएपछि लगानीकर्ताहरुले निरन्तररुपमा बजार घटाइरहेका छन ।

सोहीक्रमको निरन्तरता आज पनि नेप्सेमा देखिएको छ । साताको अन्तिम आज नेप्से ४९.०४ अंकले घटेर २५८४.६१ अंकको विन्दुमा झरेको छ ।

२३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर खरिदविक्रीबाट ३ खर्ब ४१ अर्ब रुपैयाँ बाराबरको सेयर कारोबार भएको छ । विहिबार सेन्सेटिभ परिसुचक समेत ९.४६ अंकले घटेर ४८७.२७ अंकको विन्दुमा कारोबार बन्द भएको छ ।

समूहगत उपसुचकतर्फ अधिकांश समूहगत कारोबारमा गिरावट आएको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सुचाङ्क २४५.८५ अंकले घटेको छ ।

यसैगरी जीवन बीमा समूहको २३१ अंक, विकास बैंक समूहको १८९ अंक, उत्पादन तथा प्रसोधन समूहको १५४ अंक, वित्तीय समूहको ९३.३७ अंक, माइक्रोफाइनान्स समूहको ८४.४ अंक, अन्य समूहको ७५.८९ अंक, होटल तथा पर्यटन समूहको ६२.३७ अंक , ब्यापार समूहको ३६.०५ अंक र बैंकिङ समूहको १७.८८ अंकले घटेको छ ।

नेप्सेमा आएको गिरावटका बाबजुत दुई जलविद्युत कम्पनी समलिङ र न्याग्दी कारोबारमा भने सकारात्मक सर्किटब्रेक लागेको छ ।

१२ लाख ४३ करोड रुपैयाँको सेयर कारोबार गर्दै आज पनि महालक्ष्मी विकास बैंक कारोबार रकमका आधारमा अग्रस्थानमा रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर