प्रचार-प्रसारसहित राप्रपाकाे चुनावी चहलपहल (तस्बिरहरु) – Nepal Press

प्रचार-प्रसारसहित राप्रपाकाे चुनावी चहलपहल (तस्बिरहरु)

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन राजधानीमा जारी रहेको छ । महाधिवेशन अन्तरगत आज नयाँ नेतृत्वका लागि चुनावी प्रक्रिया सुरु हुनेछ ।

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए ।

उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आज निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री निर्वाचित हुनेछन् । निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान राप्रपाको विधानमा छ ।

महाधिवेशनका लागि नेताहरुले चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर