एमआरपी वितरण मंसिर २८ गतेदेखि बन्द, त्यसपछि ई-पासपोर्ट अनिवार्य लिनुपर्ने – Nepal Press

एमआरपी वितरण मंसिर २८ गतेदेखि बन्द, त्यसपछि ई-पासपोर्ट अनिवार्य लिनुपर्ने

काठमाडौं । आगामी मंसिर २८ गतेदेखि मिसेन रिडेबल पासपोर्ट (एमआरपी) वितरण बन्द हुने भएको छ ।

विभागका प्रवक्ता शरदराज अरनका अनुसार त्यसपछि इलेक्ट्रोनिक पासपोर्ट मात्रै वितरण हुनेछ । सेवाग्राहले त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट ई-पासपोर्ट पाउनेछन् ।

अनलाइन आवेदनमार्फत मिति र समय बुकिङ गरिएपछि सेवाग्राही बायोमेट्रिक दिन त्रिपुरेश्वरस्थित कार्यालय जानुपर्ने भएको छ । ‘मंसिर २८ गतेपछि अनिवार्यरुपमा ई-पासपोर्ट वितरण हुनेछ’ प्रवक्ता अरनले नेपाल प्रेसलाई भने ।

विभागले मंसिर १ गतेदेखि ई-पासपोर्ट लागू गर्न सुरु गरेको छ । विद्युतीय पासपोर्ट लिन राष्ट्रिय परिचयपत्र वा सोको नम्बर लिएर विभागको वेबसाइटमा आवेदनमार्फत समय बुक गर्न सकिने भएको छ ।

एमआरपीको टोकन लिने कार्य चाहिँ बुधबारदेखि बन्द भएको छ । एमआरपीको टोकन लिएकाले पनि ई-पासपोर्टको आवेदन दिन सक्ने भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *