सिरहा क्षेत्र नम्बर-१ को कांग्रेस सभापतिमा चौधरी निर्वाचित – Nepal Press

सिरहा क्षेत्र नम्बर-१ को कांग्रेस सभापतिमा चौधरी निर्वाचित

जनकपुरधाम । नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ को सभापतिमा महेश चौधरी निर्वाचित भएका छन् । सहमती नजुटेपछि निर्वाचन हुँदा चौधरी निर्वाचित भएका हुन् ।

चौधरीले ३२४ मत ल्याए भने उनीसँग प्रतिस्पर्धा गरेका कन्हैया गुप्ता ३१५ मत प्राप्त गरे । चौधरी ९ मतले क्षेत्रीय सभापतिमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

चौधरी यसअघि लहान नगर सभापति थिए । कोरोनाको समयमा गरिएको लकडाउनमा लहानका हजारौं गरिब, दलितलाई राहत बाँडेका चौधरीले असल समाजसेवीको छवि बनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर