तेलअभिभ विश्वकै महंगो सहर, पेरिस र सिंगापुरलाई पनि उछिन्यो – Nepal Press

तेलअभिभ विश्वकै महंगो सहर, पेरिस र सिंगापुरलाई पनि उछिन्यो

काठमाडौं । इजरायली सहर तेल-अभिभ बसोबासका लागि विश्वकै सर्वाधिक महंगो सहर घोषित भएको छ । यो सूचीमा उक्त सहरले दुई एसियाली सहर हङकङ र सिंगापुरलाई समेत उछिनेको छ ।

इकोनोमिस्ट इन्टिलेजेन्स युनिटले बुधबार सार्वजनिक गरेको सूचीमा तेल-अभिभ महंगो सहर घोषित भएको हो । गतवर्ष पाँचौ स्थानमा रहेको तेलअभिभले यसवर्ष पेरिस र जुरिचलाई पनि उछिनेको छ ।

पेरिस र सिंगापुर दोस्रो स्थानमा छन् । जुरिच चौंथो, हङकङ पाँचौ, न्यूयोर्क छैटौं, जेनेभा सातौं, कोपनहेगन आठौं, लस-एन्जल्स नवौं र ओसाका दशौं स्थानमा छन् ।

ओस्लो एघार, सियोल १२, टोकियो १३, भियना र सिड्नी १४, मेलबर्न १६, हेलसिन्की र लन्डन १७, डब्लिन, फ्यांकफर्क र सांघाइ समान १९ स्थानमा छन् ।

ग्रोसरीका सामान र यातायातको मूल्यमा भएको वृद्धिको कारण तेलअभिभ महंगो भएको जनाइएको छ । त्यहाँको मौद्रिक क्रयशक्ति अनुसार तेलअभिभको मंहगी एकैवर्षमा ३.५ प्रतिशतले बढेको छ ।

पछिल्लो पाँचवर्षमा मुद्रास्फिर्ती निकै तीव्ररुपमा बढिरहेको छ । इटालीको राजधानी रोम ३२ देखि झरेर ४८ औं स्थानमा पुगेको छ । हङकङमा पेट्रोलको मूल्य सबैभन्दा बढी एकलिटरको २.५० डलर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर