ओलीलाई बधाई दिँदै अमेरिकाले भन्यो : हामी निष्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा छौं – Nepal Press

ओलीलाई बधाई दिँदै अमेरिकाले भन्यो : हामी निष्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा छौं

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित नेता केपी शर्मा ओलीलाई अमेरिकाले बधाइ तथा शुभकामना दिएको छ ।

बुधबार काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्षलाई बधाइ दिएको हो ।

ओलीलाई बधाइ दिँदै अमेरिकाले लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व र निश्पक्ष तथा धाँधलीरहित चुनावको पक्षमा आफू रहेको समेत बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर