फिल्म हल नवीकरण मिनाहा गर्ने सरकारको निर्णय, ५० भन्दा बढी हल लाभान्वित हुने – Nepal Press

फिल्म हल नवीकरण मिनाहा गर्ने सरकारको निर्णय, ५० भन्दा बढी हल लाभान्वित हुने

काठमाडौं । सरकारले कोरोना महामारी प्रभावित फिल्म हलहरुको नवीकरण मिनाहा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्माण, प्रदर्शन र वितरण सातौं संसोधन नियमावली २०७८ संसोधन स्वीकृत गर्दै सो निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुरा बताएका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन बजेटमार्फत महामारी प्रभावित फिल्म हलहरुको नवीकरण शुल्क मिनाहा गर्ने योजना ल्याएको थियो ।

सरकारको यो निर्णयबाट ५० भन्दा बढी हल लाभान्वित हुने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाल प्रेसलाई बताए । प्रत्येक ४ वर्षमा फिल्म हल नवीकरण गर्नुपर्ने प्रावधान छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *