राष्ट्रसंघलाई कूटनीतिक नोट पठाउन परराष्ट्रलाई स्वीकृत दिने मन्त्रिपरिषद्को निर्णय – Nepal Press

राष्ट्रसंघलाई कूटनीतिक नोट पठाउन परराष्ट्रलाई स्वीकृत दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकार र राष्ट्रसंघीय नियोग युएनडीपीबीच भएको स्ट्यान्डर्ड बेसिक असिस्टेन्ट एग्रिमेन्ट कार्यान्वयन गर्न राष्ट्रसंघलाई कूटनीतिक नोट पठाइने भएको छ । नोट पठाउन सोमबारको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयलाई स्वीकृत दिएको छ ।

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् । कूटनीतिक नोटमार्फत उक्त सहमती कार्यान्वयन गर्न आग्रह गरिने जानकारी उनले दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर