बागलुङमा देउवाको समर्थनमा सिटौला पक्षका शेरचन सभापतिमा निर्वाचित – Nepal Press

बागलुङमा देउवाको समर्थनमा सिटौला पक्षका शेरचन सभापतिमा निर्वाचित

बागलुङ । नेपाली कांग्रेस बागलुङको सभापतिमा जितबहादुर शेरचन निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलानिकट शेरचन सभापति निर्वाचित भएका हुन् ।

उनलाई संस्थापन पक्षको समर्थन रह्यो । शेरचनले निकटतम प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायलाई १ सय ५ मतले हराएका हुन् । शेरचनले ८ सय ७३ मत ल्याउँदा उपाध्यायले ७ सय ६८ मत ल्याए ।

पदाधिकारीमा उपसभापतितर्फ शेरचन प्यानलका सागर छन्त्याल र उपाध्यायका तारानाथ पौडेल विजयी भए । सचिवमा उपाध्याय प्यानलका हरिहर शर्मा र शेरचन समूहकी गण्डकी थापा अधिकारी, तथा सहसचिवमा शेरचन प्यानलकै फमबहादुर खत्री र उपाध्याय प्यानलका ज्ञानकुमारी श्रीष विजयी भएका छन् । सदस्य पदमा भने दुवै समूहका सदस्य विजयी भए ।

महाधिवेशन प्रतिनिधितर्फ जिल्लाबाट निर्वाचित ५० जनामध्ये ३२ जना पौडेल समूहका विजयी भएका छन् भने बाँकी देउवा सिटौला समूहका विजयी भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर