ट्वीटरको सीइओबाट ज्याक डोर्सीले राजीनामा दिने – Nepal Press

ट्वीटरको सीइओबाट ज्याक डोर्सीले राजीनामा दिने

काठमाडौं । ट्वीटरको कार्यकारी प्रमुखबाट ज्याक डोर्सीले राजीनामा दिने भएका छन् । न्यूयोर्क टाइम्सका अनुसार सोमबार नै उनले पद त्यागेको घोषणा गर्ने अपेक्षा गरिएको छ ।

सन् २००६ मा उनले अन्य दुईजनासँग मिलेर ट्वीटर संचालनमा ल्याएका थिए । पेमेन्ट कम्पनी स्क्वायरका कार्यकारी प्रमुख समेत रहेका डोर्सीलाई ट्वीटरले यसअघि सन् २००८ मा पनि हटाएको थियो तर, उनी सन् २०१५ मा फर्किएका थिए ।

उनी स्क्वायर प्रोजेक्टमा केन्द्रित भएको भन्दै ट्वीटरका अन्य लगानीकर्ता र कर्मचारी डोर्सीसँग असन्तुष्ट थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *