एमाले महाधिवेशन : पदाधिकारी बाहेकका ‘क्लस्टर’ मा सर्वसम्मत बनाउने कसरत – Nepal Press

एमाले महाधिवेशन : पदाधिकारी बाहेकका ‘क्लस्टर’ मा सर्वसम्मत बनाउने कसरत

चितवन । नेकपा (एमाले) को जारी महाधिवेशनमा निर्वाचनको समय नजिकै गर्दा अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका नाम बाहेकको उम्मेदवारीलाई फिर्ता गर्ने कसरत भैरहेको छ।

आइतबार साँझ ९ बजेदेखि मतदान गर्ने कार्यतालिका छ।

तर त्यस अघि नै अधिकांश क्लस्टरका अन्तिमतिर नाम भएका उम्मेदवारी फिर्ता गराउने कोसिस भैरहेको छ।

पदाधिकारीमा चुनाव हुने निश्चित भए पनि केन्द्रीय सदस्य सबैमा सर्वसम्मत गराउन नेताहरु नै आन्तरिक रूपमा लागेका छन् ।

मतदान गर्ने समय ९ बजेबाट ११ बजेतिर पुर्‍याएर भएपनि उम्मेदवारी फिर्ताको प्रयास भइरहेकाे एक नेताले नेपाल प्रेसलाई बताए ।

खुल्ला महिलातर्फ अर्चना गहराजले फिर्ता लिइसककेकि छन। त्यस्तै आदिवासी जनजाती महिलातर्फको सूचीको अन्तिममा रहेकी होम कुमारी सावाँ पनि उम्मेदवारी फिर्ता लिन तयार भएकी छन। फिर्ताको प्रक्रिया शुरु भएको छ।

८४ जनाको कोटा रहेको खुल्ला तर्फ पनि सर्वसम्मत बनाउने कोसिस भैरहेको छ। १ जना मात्रै बढीको उम्मेदवारी रहेकाले निर्मल भट्टराईलाई मनाउने कोसिस भैरहेको स्रोतले जानकारी दियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर