एमाले महाधिवेशन : काे-काे माग्दैछन् भाेट ? (तस्बिरहरु) – Nepal Press

एमाले महाधिवेशन : काे-काे माग्दैछन् भाेट ? (तस्बिरहरु)

चितवन । चितवनमा जारी नेकपा एमालेको महािधवेशन अहिले मतदान पर्खाइमा नेताहरु रहेका छन् । साँझ ९ बजेदेखी मतदान हुने कार्यतालिका रहेको छ ।

मतदानको समय आइपुग्नै लाग्दा ठूला नेताहरू भने मैदानमा आएनन् । अध्यक्षका प्रत्यासी भीम रावलले सोमबार दिनभरी जस्तो मत मागेपनि अन्य नेताहरु फिल्डमा देखिएनन् । अध्यक्ष केपि ओली पनि मत माग्न आएनन् । ओलीको जितिन्छ भन्ने आत्मविश्वासले पनि त्यसमा काम गरेको हुनसक्छ।

उपाध्यक्षका प्रत्यासीहरु रामबहादुर थापा, सुवास नेम्वाङ, युवराज ग्यवाली, सुरेन्द्र पाण्डे लगायत मत माग्न मैदानमा आएनन् ।

उपाध्यक्षका उम्मेदवार अष्टलक्ष्मी शाक्य लगायतले भने मत मागेको देखियो।

यस्तै घनश्याम भुसाल पनि मत माग्दै हिडेको दृश्य देखिएका छन् ।

सचिवहरुमा गोकर्ण विष्ट, योगेश भट्टराई मात्रै देखिए।

टोप बहादुर रायमाझीले पनि सचिवमा मत मागेको देखिएन। त्यसो त पूर्वमाओवादीहरु कसैले पनि मत मागे देखिएन।

पदमा अर्यालले मत पनि मागेको देखियो। केही केन्द्रीय सदस्यका चर्चित अनुहार पनि मत माग्दै हिडेको देखियो ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर