ए डिभिजन लिगः मछिन्द्र र आर्मीको गोलरहित बराबरी – Nepal Press

ए डिभिजन लिगः मछिन्द्र र आर्मीको गोलरहित बराबरी

काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने  थुप्रै मौका पाएपनि सम्भव भएन् । खेल सुरु भएको चौथो मिनेटमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठले पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार गाेलमा परिणत हुन सकेन् ।

१०औँ मिनेटमा मछिन्द्रका डिफेन्डर नुरेन करिमले प्रहार गरेको फ्रि-किक फ्रेममा परेन । २६औँ मिनेटमा मछिन्द्रका सुनिल बलले गरेको प्रहार आर्मीका गोलकिपर बिकेश कुथुले रोकेका थिए । सोही रिबाउन्ड बललाई मिडफिल्डर सन्तोष तामाङले गोललाइनबाट क्लियर गरिदिएका थिए ।

६६औं मिनेटमा विशाल राइको कर्नर मछिन्द्रका कप्तानको प्रहार टार्गेटमा परेन । आर्मीका विवेक बस्नेतले ७०औं मिनेटमा कर्नर मार्फत दिएको क्रस मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पञ्च आउट गरे ।

बराबरीसँगै मछिन्द्रले सुरुवाति २ खेलबाट ४ अंक जोडेको छ । आर्मी दुई खेलमा २ अंकसहित लिग तालिकाको आठौं स्थानमा छ । पहिलो खेलमा मछिन्द्रले न्युरोड टिमलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो । आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ को बराबरी खेलेको थियो ।

गत सिजनको अन्तिम खेलमा आर्मीलाई १–० को नतिजामा पराजित गर्दै मछिन्द्रले लिग जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर