प्रदेश अधिवेशन सरेको छैन :कांग्रेस – Nepal Press

प्रदेश अधिवेशन सरेको छैन :कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश अधिवेशनको मिति परिवर्तन नभएको स्पष्ट पारेको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको छलफलमा प्रदेश अधिवेशन सार्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका हुन् ।

आज बिहान देउवा, पौडेल र सिटौलाबीच बालुवाटारमा छलफल भएको थियो । बैठकमा निर्वाचन समितिका पदाधिकारीहरू पनि सहभागी थिए । बैठकले तोकिएकै मितिमा प्रदेश अधिवेशन उद्घाटन गर्ने निर्णय गरेको छ । निर्वाचन कार्यक्रम भने उद्घाटनलगत्तै सम्बन्धित निर्वाचन समितिले सार्वजनिक गर्ने सिटौलाले स्पष्ट पारे । ‘अलिकति कन्फ्युजन हुन गयो । प्रदेश अधिवेशन १६ गते नै उद्घाटन हुन्छ । महाधिवेशन २४ गते नै उद्घाटन हुन्छ । निर्वाचन कार्यक्रममात्रै आवश्यकताअनुसार निर्वाचन समितिले तय गर्ने भन्ने सहमति भएको हो’, सिटौलाले नेपाल प्रेससँग भने ।

सिटौलाका अनुसार कतिपय प्रदेशमा प्रदेशसभा अधिवेशनका सबै प्रतिनिधि चयन भइसकेपनि केही प्रदेशमा अझै प्रतिनिनधि चयन भइसकेको छैन । ‘कुनै पनि कारणले कोही पनि नछुटोस भन्नका लागि निर्वाचन समितिले आवश्यकता हेरेर अधिवेशन उद्घाटन भएपछि निर्वाचन कार्यक्रम ल्याउने विषयमा सहमति भएको हो’, सिटौलाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर