मौद्रिक नीतिको समिक्षा सकारात्मक: पूर्वअर्थमन्त्री महत (भिडिओ) – Nepal Press

मौद्रिक नीतिको समिक्षा सकारात्मक: पूर्वअर्थमन्त्री महत (भिडिओ)

काठमाडौं । पूर्व अर्थमन्त्री डा.रामशरण महतले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।

सोमबार मौद्रिक नीतिको समिक्षाको विषयमा प्रतिक्रिया दिदै कोरोना महामारीबाट शिथिल बनेको अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीतिको आएकाले सकारात्मक रहेको बताए।

डा. महतले भने,‘ कोरोना महामारीको कारण उद्योग व्यवसाय क्षेत्रमा संकट छ । उद्योग व्यवसाय नै पलायन हुने गरी ठूलो क्षति भएको छ । महामारीले उद्योग व्यवसायमा मात्रै होइन हरेक क्षेत्रमा क्षति ग¥यो ।’ राष्ट्र बैंकले मौद्रिक नीति मार्फत उद्योग व्यवसाय चलायमान बनाउनको लागि राहतका कार्यक्रम तथा सुविधाहरु व्यवस्था गर्नु आवश्यकता रहेको बताए ।

डा.महतले नेपालमा राष्ट्र बैंकले उद्योग व्यवसायलाई थप सेवा सुविधा सहज बनाउनको लागि केही वर्ष देखि मौद्रिक नीतिको व्यवस्था गरेको बताए । यसरी राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका केहि सकारात्मक पक्ष छन् । मौद्रिक नीति मार्फत आएका व्यवस्थालाई सबैले स्वभाविक मान्नु पर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *