नेटफिल्क्सले आजदेखि नेपाली फिल्म ‘फोर्टिन पिक्स’लाई २१ करोड दर्शकमाझ स्ट्रिमिङ गर्दै – Nepal Press

नेटफिल्क्सले आजदेखि नेपाली फिल्म ‘फोर्टिन पिक्स’लाई २१ करोड दर्शकमाझ स्ट्रिमिङ गर्दै

काठमाडौं । नेटफिल्क्सले पहिलोपटक नेपाली पात्र र कथामाथि निर्माण गरेको फिल्म ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ आज विश्व प्रिमियर हुँदैछ ।

नेटफिल्क्सले आजदेखि ११९ मुलुकका आफ्ना २१ करोड पेड मेम्बरमाझ फिल्म स्ट्रिमिङ गर्दैछ । दर्शकले ३१ भाषाबाट यो फिल्म हेर्न सक्नेछन् ।

गतसाता काठमाडौंमा प्रिमियर गरिएको उक्त फिल्म नेपाली कीर्तिमानी आरोही निर्मल पूर्जाको जीवनमाथि आधारित छ । कसरी उनले ६ महिनाभित्रै संसारका अग्ला ८ हजार मिटरमाथिका १४ हिमाल चढे भन्ने चित्रण यसमा छ ।

नेपाल प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया बटुलेको छ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले यो फिल्मले नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमै प्रवद्र्धन गर्ने बताइसकेका छन् । ३८ वर्षअघि धौलागिरी हिमालको फेदीमा जन्मिएका म्याग्दीका पूर्जाले २०७६ बैशाख १० मा अन्नपूर्ण हिमालबाट आरोहण थालेका थिए । उनको प्रोजेक्ट पोसिबल अभियान ०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहण सँगै सकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर