कट्रिना-विक्कीको बिहेमा कोरोना भेरिएन्ट बन्यो बाधक : गेस्ट लिस्ट छोट्याइने, कोर्ट म्यारिजको तयारी – Nepal Press

कट्रिना-विक्कीको बिहेमा कोरोना भेरिएन्ट बन्यो बाधक : गेस्ट लिस्ट छोट्याइने, कोर्ट म्यारिजको तयारी

मुम्बइ । बलिउड जोडी कट्रिना क्याफ र विक्की कौशल बिहे तयारीमा छन् । तर, यी दुईको बिहेमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन बाधक बन्ने संकेत देखिएको छ ।

बिहे नजिक हुँदै जाँदा निम्तो गर्ने अतिथिको नाम पनि सार्वजनिक हुन थालेको छ । अनुष्का शर्मा र बिराट कोहलीलाई विशेष अतिथिको रुपमा निम्तो गर्ने तयारी भएको छ ।

डिसेम्बर ९ मा सवाई माधोपुरको पास फोर्ट बरवाडामा विक्की र कट्रिनाले हुने बिहे समारोहलाई लिएर नयाँ योजना बनाएका छन् । यो प्लानअनुसार अब उनीहरुले बिहेमा निम्तो दिइने अतिथिको सूची छोट्याउन थालेका छन् ।

गेस्टको सूची छोट्याउनुपछाडि विश्वभर फैलिएको कोभिडको नयाँ ओमिक्रोन भेरिएन्टलाई कारण मानिएको छ । बेलायती मूलकी कट्रिनाको बिहेमा अन्तर्राष्ट्रिय पाहुनालाई पनि निम्तो दिइएको थियो ।

ओमिक्रोन संक्रमण पुष्टि भएसँगै भारत सरकारले अन्तर्राष्ट्रिय यात्रुका लागि नयाँ मापदण्ड लागू गरेको छ । अन्तर्राष्ट्रिय गेस्टको सूचीमा कट्रिनाको परिवारसहित पेरुका फोटोग्राफर मारियो टेस्टिनाको नाम पनि सहभागी छ ।

विक्की र कट्रिनाको बिहेमा भारतीय क्रिकेट कप्तान बिराट कोहली र अभिनेत्री पत्नी अनुष्का शर्मा छोरी वकिकासहित राजस्थानमा हुने बिहे समारोहमा जाने तयारीमा छन् ।

करन जोहर, फराह खान, जोया अख्तरसहित निर्देशक सशांक खेतान पनि बिहेमा सहभागी हुँदैछन् । विक्की र कट्रिनाले बिहेको लागि जयपुरमा जानुअघि मुम्बईमा कोर्ट म्यारिज गर्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर