कांग्रेस महाधिवेशन : सिन्धुपाल्चोकबाट चुनिएका प्रतिनिधिमा संस्थापन पक्षको बर्चश्व – Nepal Press

कांग्रेस महाधिवेशन : सिन्धुपाल्चोकबाट चुनिएका प्रतिनिधिमा संस्थापन पक्षको बर्चश्व

सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिन्धुपाल्चोकमा आइतबार सम्पन्न महाधिवेशनबाट चुनिएका प्रतिनिधिमा संस्थापन पक्षको बर्चश्व देखिएको छ ।

क्षेत्रीय सभापतिसहित कुल ५२ महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा संस्थापन पक्षका (देउवा समूह)का एक क्षेत्रीय सभापतिसहित ३३ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । संस्थापनइतर पक्ष (पौडेल समूह)बाट एक क्षेत्रीय सभापतिसहित २० जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोकमा देउवा समूहको नेतृत्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले गर्दै आएका छन् भने जिल्ला सभापति विकास लामासहितले संस्थापन इतर पक्षको नेतृत्व गर्दै आएका छन् ।

क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिमा बालकृष्ण बस्नेत विजयी भएका छन् । उनी बस्नेत समूहका हुन् । त्यस्तै केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसहित २४ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

महाधिवेशनमा क्षेत्र नम्बर १ मा सबैभन्दा बढी भोट केन्द्रीय सदस्य बस्नेतले ल्याएका थिए उनले ८०२ मत ल्याएका थिए । त्यसपछि प्रेमध्वज लामाले ६२० मत ल्याएका थिए भने हरिशरण श्रेष्ठ ले ५९८ मत ल्याएका थिए । चौथो नम्बरमा भने सुनकोशी गाउँपालिकाका अध्यक्षसमेत रहेका श्रवणकुमार जिसी विनोदले मत ल्याएका थिए ।

२६ मध्ये संस्थापनइतर पक्षका दोर्जे लामा मात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । क्षेत्र नम्बर २ मा भने संस्थापनइतर पक्षका आइतमान तामाङ क्षेत्रीय सभापतिमा निर्वाचीत भएका छन् । २५ महाधिवेशन प्रतिनिधिमा संस्थापन पक्षका सात जना निर्वाचीत भएका छन् भने अरु सबै संस्थापनइतर पक्षका रहेका छन् ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष एवम् गाउँपलिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङ सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । उनले ४८७ मत ल्याएका थिए भने त्यसपछि दोस्रो नम्बरमा जिल्ला सभापति विकास लामाले ४३४ मत ल्याउँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

१९ वर्षे किशोरी महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसको १४ औ महाधिवेशनमा निर्वाचित भएका महाधिवेशन प्रतिनिधिमध्ये सम्भवतः सबैभन्दा कम उमेरकी करिना पुरी सिन्धुपाल्चोक– २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् ।

नेविसंघबाट भर्खरै राजनीति सुरुवात गरेकी पुरी कराँतेकी अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । पुरी कानुन विषयमा स्नातक अध्ययनरत छिन् ।

दुई पत्रकारले कांग्रेसको चुनाव हारे

कांग्रेस महाधिवेशन प्रतिनिधिमा उमेदवार भएका दुई पत्रकारले चुनाव हारेका छन् । नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल र पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्वसभापति सुर्दशन आचार्यले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए ।

दाहाल पौडेल पक्षबाट उमेदवार भएका थिए भने यसअघि सिटौला समूहमा रहेका आचार्य अन्तिम समयमा क्याम्प परिवर्तन गरी देउवा समूहमा लागेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर