उपाध्यक्षका उम्मेदवारद्वय पौडेल र भुसालको जम्काभेट, दुवैले आपसमा भोट मागे – Nepal Press

उपाध्यक्षका उम्मेदवारद्वय पौडेल र भुसालको जम्काभेट, दुवैले आपसमा भोट मागे

चितवन । एमालेको जारी १० औं महाधिवेशन अन्तरगत उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका नेताद्वय विष्णु पौडेल र घनश्याम भुसालले आपसमा भोट मागेका छन् । उम्मेदवारी दर्ता गरेर निस्कनै लाग्दा जम्काभेट भएका उनीहरुले आपसमा भोट मागेका हुन् ।

पौडेल महासचिवका दाबेदार थिए । उनलाई अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारीमा पनि उपाध्यक्ष नै छन् ।

भुसाललाई भने ओलीले पदाधिकारीमा समेटेका छैनन् । भुसाल १० बुँदे सम्झौता गरेर एमालेमै बसेका १० भाइमध्येका एक हुन् । उनी यसअघि पार्टीका उपमहासचिव थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर