उम्मेदवारी दर्तापछि भीम रावलले भने– अध्यक्ष जितेपछि पार्टीलाई बहुमत दिलाउँछु – Nepal Press

उम्मेदवारी दर्तापछि भीम रावलले भने– अध्यक्ष जितेपछि पार्टीलाई बहुमत दिलाउँछु

चितवन । एमालेको जारी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दर्ता गर्दै नेता भीम रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गरेका छन् । उनले पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा नहुने भन्दै आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए ।

‘पार्टीमा अहिले कुनै समूह छैन’, उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले पनि आफ्नो अधिकार प्रयोग गरें ।’

उनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन उम्मेदवारी दिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर