एमाले अध्यक्षमण्डलको बैठक जारी, ओलीद्वारा प्रस्तावित सूचीमाथि छलफल हुँदै (तस्बिरहरु) – Nepal Press

एमाले अध्यक्षमण्डलको बैठक जारी, ओलीद्वारा प्रस्तावित सूचीमाथि छलफल हुँदै (तस्बिरहरु)

 चितवन । नेकपा एमाले बन्दसत्रका क्रममा अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय समिटी सदस्यको नाम फाइनल गरेपछि अध्यक्षमण्डलको वैठक बसेको हो ।

ओलीद्वारा प्रस्तावित नाम अध्यक्ष मण्डलमा पछलफल गरेपछि बन्दसत्रमा पेस गर्ने कार्यतालिका रहेको छ । तीन दिनदेखि जारी १०औं महाधिवेशनको तेस्रो दिन ११ घन्टा ढिलो गरी बन्दसत्र सुरु हुँदैछ ।

अध्यक्ष मण्डलमा ओलीसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, रामबहादुर थापा, युवराज ज्ञवाली, शेरबहादुर तामाङ सहितलगायत ११ जना छन् । ओलीले उक्त बैठकमा प्रस्तावित नामवली पेश गरिरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर