बन्दसत्र हलबाट भीम रावल बाहिरिए – Nepal Press

बन्दसत्र हलबाट भीम रावल बाहिरिए

चितवन । एमाले महाधिवेशनको बन्दसत्र हलबाट उपाध्यक्ष भीम रावल बाहिरिएका छन् ।

बन्दसत्र सुरु भएको केही बेरमै रावल बाहिरिएका हुन् ।

हलबाहिर अध्यक्ष केपी ओलीको समर्थनमा कार्यकर्ताले नारावाजी गरिरहेका छन् ।

उनी अध्यक्षमण्डलकाे बैठकमा सहभागी हुन बाहिरिएकाे बताइएकाे छ ।

यसैबीच बन्दसत्रस्थल बाहिर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी भएको छ ।

निर्धारित समयभन्दा ११ घन्टा पछि बन्दसत्र हलमा प्रवेश गरेका ओलीलाई कार्यकर्ताहरूले नाराबाजी गर्दै समर्थन जनाएका छन् ।

पहिलो दिनको बन्द सत्रले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित ३ सय १ सदस्सीय केन्द्रीय कमिटी सदस्यको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो । सोही अनुासर सहमति जुटाउन छलफल जारी रहेकाले बन्दसत्र सुरु हुन ढिला भएको हो ।

बन्दसत्र हलवाट प्राधिकम पाएका अध्यक्ष ओलीले केही बेरमा १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम घोषणा गर्नेछन् । उक्त प्रस्तावलाई अनुमोदन गर्ने कि नगर्ने महाधिवेसन प्रतिनिधिले निर्णय लिने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर