रामचन्द्रको गृहजिल्लामा देउवाको सफलता, सभापतिमा जितप्रकाश निर्वाचित – Nepal Press

रामचन्द्रको गृहजिल्लामा देउवाको सफलता, सभापतिमा जितप्रकाश निर्वाचित

दमौली । नेपाली कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित भएका छन् । बहालवाला सभापति बैकुण्ठ न्यौपानेलाई पराजित गर्दै आले सभापतिमा निर्वाचित भएका हुन् ।

तनहुँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला हो । नवनिर्वाचित सभापति आलेलाई केन्द्रीय सदस्यद्वय शंकर भण्डारी, गोविन्द भट्टराई, नेता ध्रुव वाग्ले लगायतको समर्थन रहेको थियो ।

वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य प्रदीप पौडेलको समर्थन न्यौपानेलाई रहेको थियो । सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुको समर्थनमा सभापति जितेपछि आलेले आफूलाई कुनै गुटँग नजोड्न आग्रह गरे ।

‘मेरो अभियानमा सबै नेताको समर्थन छ । मलाई यो गुट, त्यो गुट नभन्नुहोला । म कांग्रेस गुटको हुँ’, जितपछि आलेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर