बन्दसत्रको मञ्चमा ईश्वर पोखरेलसँग सवाल जवाफपछि जव भीम रावल पल्लो छेउको कुर्सीतिर लागे – Nepal Press

बन्दसत्रको मञ्चमा ईश्वर पोखरेलसँग सवाल जवाफपछि जव भीम रावल पल्लो छेउको कुर्सीतिर लागे

चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच बन्दसत्रस्थलमा सवाल जवाफ भएकाे छ ।

अध्यक्ष केपी शर्मा ओलीसँग छलफल सकेर बन्दसत्रस्थल पुगेका पोखरेल र बन्दसत्रस्थलमै रहेका रावलबीच सवाल जवाफ भएको हो ।

बन्दसत्रस्थलमा रहेको मञ्चको तल बसिरहेका रावल नजिकै पोखरेल आएपछि केही कुराकानी भएको थियो । त्यही बेला हलभित्र रहेको स्क्रिनमा उनीहरुबीच भएको भनाभन भएको दृश्य पटक पटक देखाइएपछि रावल कुर्सीबाट उठेर मञ्चतर्फ गएका थिए ।

मञ्चमा रावल १५ मिनेट एक्लै बसे फेरि ईश्वर पोखरेल पनि मञ्चमा पुगेका थिए । पोखरेलले रावलसँग कुरा गर्न खोजेपछि उनी ६ कुर्सी पर गएर बसेका छन् ।

अहिले मञ्चमा रावल टोपबहादलुर रायमाझी र लालबाबू पण्डित मात्रै रहेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर