जाजरकोट बस दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगियो – Nepal Press

जाजरकोट बस दुर्घटनाका घाइतेलाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगियो

जाजरकोट । पाँच जनाको मृत्यु हुनेगरी जाजरकोटमा भएको बस दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

गम्भीर घाइते ६ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको हाे । जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको हो ।

नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस जाजरकोटमा राति दुई बजे दुर्घटना भएको थियो ।

दुर्घटनामा कुशे—९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको मृत्यु भएको छ । २९ जना घाइतेको उद्धार गरिएको थियो ।

दुर्घटनामा बेहोस भएका उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था छ । तीन जनाको अहिलेसम्म होस खुल्न सकेको छैन । कुशे-९ जाजरकोटका देवीसरा नेपाली, उनका श्रीमान् वीरबहादुर नेपाली र छोरा प्रचण्ड नेपालीलाई हेलिकप्टरबाट नेपालगञ्ज लगिएको हो । श्रीमान-श्रीमती दुवैको अवस्था चिन्ताजनक छ ।

त्यस्तै, नलगाड-४ कि आस्था वलीको अवस्था पनि गम्भीर छ । उनलाई पनि नेपालगञ्ज लगिएको छ। आठविसकोट-५ का शरद शाही र आठवीसकोट-४ रुकुम पश्चिमकी धर्मी मल्ललाई पनि हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको हो ।

उनीहरू सबैको अवस्था गम्भीर छ । त्यस्तै बिपना परियार, वर्षा परियार, अभिसेक परियार, दत्ते नेपाली, शेरबहादुर खत्री, मोहन खत्री, संगिता बुढा र काली बोहरालाई गाडीबाट नेपालगञ्ज पठाइएको छ । पाँच जना सामान्य उपचारपछि घर फर्किएका छन् । नौ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । एक जनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर