शेरधनले भने– भीम रावलसँग अब कुरा हुन्छ, नौ बजे कमिटी घोषणा – Nepal Press
एमाले महाधिवेशन

शेरधनले भने– भीम रावलसँग अब कुरा हुन्छ, नौ बजे कमिटी घोषणा

चितवन । नेकपा एमाले नेता शेरधन राईले आज राति नौ बजे सर्वसम्मत कमिटी घोषणा हुने जानकारी दिएका छन् । सहमतिको खाका तयार भइसकेको भन्दै उनले राति नौ बजे नयाँ कमिटी घोषणा हुने बताएका हुन् ।

उपाध्यक्ष एवं अध्यक्षका दाबेदार भीम रावलसँग अब कुरा हुने भन्दै उनले सहमतिमा नै कमिटी घोषणा हुने दाबी गरेका हुन् । सहमतिको प्रयासका कारण आठ बिहान ८ बजेका लागि बोलाइएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । नेकपा एमालेको जारी महाधिवेशनको हिजो स्थगित बन्दसत्र अहिले साँझ ७ बजेबाट सुरु हुने नेता गोकुल बास्कोटाले जानकारी दिए ।

यसअघि नेता विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले पनि सबै पदमा करिब सहमति भइसकेको बताएका थिए ।

एमाले जारी महाधिवेशनको हिजोको बन्दसत्रले सबै पदाधिकारी र सदस्यको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । उक्त निर्णयप्रति उपाध्यक्ष एवं अध्यक्षका दाबेदार भीम रावल र नेता घनश्याम भुसालले आपत्ति जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर