८० वर्ष टिक्ने भनेको पुल बनाइनसक्दै भाँचियो – Nepal Press

८० वर्ष टिक्ने भनेको पुल बनाइनसक्दै भाँचियो

भोजपुर । जिल्लालाई उत्तर—दक्षिण जोड्नका लागि कावा खोलामा रु. ५ करोड बढीको लागतमा निर्माण भईरहेको पक्की पुल भाँचिएको छ ।

हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्याङलाई जोड्ने कावा खोलामा स्वीस सरकारको आर्थिक सहयोगमा पुल निर्माण थालिएको हो ।

४५ मिटर लम्वाई, ६ मिटर चौडाई र १ दशमलब २० मिटर रहेको पुलको दुवै तिर पैदल हिड्न मिल्ने गरि बनाउन लागिएको छ ।

पुलको डिजाइन अवधि ८० वर्षको र पुल भूकम्प प्रतिरोधी हुने प्राविधकले बताइएको भए पनि पुल निर्माणको क्रममा भाँचिएकोे हो ।

जिल्लालाई उत्तर–दक्षिण जोड्ने लक्ष्यका साथ कावा खोलामा पुल निर्माण शुरु भएपछि स्थानीयमा उत्साह थपिएको थियो । तर पुल निर्माणकै क्रममा ढलेपछि स्थानीय निराश बनेका छन् ।

यो सडक खण्डलाई भोजपुरको उत्तर–दक्षिण जोड्दै संखुवासभाको किमाथाङ्कासम्म कालोपत्रे गर्ने लक्ष्यले सडक विस्तारको तयारी थालिएको थियो ।

पुल निर्माण भएपछि सदरमुकामबाट दक्षिण हुँदै तराईका जिल्लामा सहज पहुँच हुनेमा स्थानीय आशावादी छन् ।

भोजपुरलाई तराई जिल्लासंग जोड्ने सवैभन्दा छोटो सडक मार्ग हो । यहाँ प्रदेश सरकारको पूर्ण लागतमा आठ र प्रदेश सरकारको पहल तथा स्वीस सरकारको अनुदान सहयोगमा दुई गरी १० वटा पुल निर्माण भईरहेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

कतिपय पुल निर्माणको अन्तिम चरणमा रहेका छन् ।

पुल भत्किएको विषयमा छानबिन गर्न काठमाण्डौबाट विज्ञ टोली आउने पूर्वाधार विकास कार्यालय भोजपुुरले जनाएको छ ।

बुद्ध तामाङबाट 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर