सहमतिका नाममा निर्णय लाद्न पाईंदैन : रावल निकट नेता शाह – Nepal Press

सहमतिका नाममा निर्णय लाद्न पाईंदैन : रावल निकट नेता शाह

चितवन । नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाहले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई केन्द्रमा राखेर गरेको सहमति मान्य नहुने बताएका छन् ।

उपाध्यक्ष भीम रावल निकट नेता शाहले सहमतिका नाममा आफूलाई केन्द्रमा राखेर गरिएको निर्णय मान्य नहुने बताएका हुन् ।

सहमतिका लागि अध्यक्षका उम्मेदवारबीच छलफल भएर उचित निष्कर्ष निकाल्नुपर्ने उनको भनाई छ ।

उनले भने, ‘दुई अध्यक्षका उम्मेदवारबीच जीवन्त संवाद भनेर निकलिने निष्कर्षलाई सहमति भनिन्छन । तर सहमतिका लागि कसैले लाँदेर सहमति हुँदैन ।’

पार्टीको १० औं महाधिवेशनमा सहभागी कार्यकर्ता, देशभरीका नेता कार्यकर्ताहरुको भावना अनुसार पार्टी भित्रका असन्तुष्टिहरुलाई सम्बोधन गर्ने गरी सबैले अगाडी बढ्नुपर्ने उनको भनाई छ ।

अहिलेको अवस्थामा अध्यक्ष अ‍ोलीले रावललाई पनि साथमा लगेर संवादको माध्यमबाट निकास दिनुनै उचित हुने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर