कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण इजरायलमा विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने तयारी – Nepal Press

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का कारण इजरायलमा विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने तयारी

काठमाडौं । इजरायलले शनिबारदेखि विदेशी यात्रुहरूका लागि सिमाना बन्द गर्ने भएको छ । दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ प्रजाती ओमाइक्रोनको संक्रमण पुष्टि भएपछि प्रतिबन्ध लगाउने तयारी गरेको हो ।

यदि यो प्रतिबन्धको प्रस्तावले सरकारको पूर्ण स्वीकृति पायो भने आइतबार रातिदेखि सुरु भएर १४ दिनसम्म चल्ने छ । मन्त्रिपरिषदको शनिबार रातिको ४ घण्टा लामो छलफलपछि प्रतिबन्ध लगाउने कुरा आएको थियो ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको ओमिक्रोन फ्रिकी इजरायलका सात जनामा सोही भेरियन्टको संक्रमण देखिएको छ ।

सरकारले स्वदेश फर्किएका इजरायलीहरूलाई सीधै होटलमा क्वारेन्टाइनमा पठाइने निर्णय गरेको छ । उनीहरूलाई कोभिड–१९ परीक्षण गर्दा नेगेटीभ नआएसम्म क्वारेन्टाइनमा राखिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर