भीम रावललाई ओलीको व्यंग्यात्मक जवाफः अरूले उम्मेदवारी नदिए काेसित लड्नुहुन्छ ? – Nepal Press

भीम रावललाई ओलीको व्यंग्यात्मक जवाफः अरूले उम्मेदवारी नदिए काेसित लड्नुहुन्छ ?

चितवन ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले जसरी पनि चुनाव लड्न खाेजेकाे भन्दै कटाक्ष गरेका छन् । १० औं महाधिवेशनको बन्दसत्रले अध्यक्ष केपी ओलीलाई सर्वाधिकार दिएकाेमा उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका थिए।

पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीलाई दिएपछि रावलले आफू उम्मेदवारी फिर्ता नलिने बताएका छन् । बन्दसत्र समापन गर्ने क्रममा रावललाई व्यंग्यात्मक जवाफ दिँदै ओलीले भने, ‘पहिले मनोनयन त गर्नु । अनि पाे फिर्ता लिने नलिने कुरा हुन्छ । म लड्छु लड्छु भन्नुहुन्छ भोलि तपाईंले मात्र मनोनयन दिएर अरुले दिएन भने को सँग लड्नु हुन्छ  ? जसरी पनि लड्छु भन्दै गर्दा लड्ने नपाएर आपत पर्दैन ?’

ओलीले सहमतिबाट नेतृत्व चयन गर्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, `सकेसम्म सहमतिमा नेतृत्व चयन नै आजको आवश्यकता हो । नभए जसजस्लाई मन छ उठे हुन्छ । निर्वाचन गरे पनि सर्वसम्मत भएपनि नतिजा त उस्तै उस्तै होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर