एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई – Nepal Press
एमाले महाधिवेशन

एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई

चितवन । नेकपा एमालेमा सर्वसम्मत नेतृत्व चयनको प्रयास स्वरुप अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी देखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकारी दिइएको छ ।

एमाले महाधिवेशनको बन्दसत्रमा विष्णु पौडेलले उक्त प्रस्ताव गर्नुभएको थियो ।

पौडेलको प्रस्तावमा हलले समर्थन जनाएको हो ।

जारी महाधिवेशनमा नेकपा एमालेले सर्वसम्मतिमा नेतृत्वको चयनका लागि प्रयास गरिरहेको छ ।

सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।
अहिले अध्यक्षका दावेदार भीम रावलले आफ्नो फरक मत राखेका छन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर