ओलीको आग्रह : फेरि पनि पालो आउँछ, अस्वस्थ प्रतिस्पर्धा नगरौं (भिडिओ) – Nepal Press

ओलीको आग्रह : फेरि पनि पालो आउँछ, अस्वस्थ प्रतिस्पर्धा नगरौं (भिडिओ)

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई विथोल्ने गरी अस्वस्थ प्रतिस्पर्धा नगर्न आह्वान गरेका छन् । लोकतान्त्रिक अभ्यासलाई प्रतिस्पर्धाका रुपमा मात्रै बुझ्न नहुने उनको भनाइ छ ।

पार्टीको १० औं महाधिवेशन अन्तरगत बन्दसत्रलाई सम्वोधन गर्दै ओलीले एकजना मात्रैको अस्वस्थ व्यवहारले सिंगै पार्टीको छविमा आँच आउने चेतावनी दिए ।

उनले भने, ‘कसै न कसैले कुनै न कुनै जिम्मेवारी सम्हाल्नैपर्छ । तर, आफ्नो महत्वाकांक्षालाई लिएर अस्वस्थ प्रतिस्पर्धा नगरौं । प्रतिस्पर्धाले संस्थालाई नोक्सानी पुरुयाउने काम नगरौं । पार्टीको एकतामा प्रतिकुल असर पार्ने कामहरु नगरौं ।’

उनले थपे, ‘फेरि पनि पालो आउँछ । हामीसँग सानो भए पनि देश छ । यत्रा पालिकाहरु छन् । प्रदेशसभा छन् । प्रतिनिधिसभा छ, राष्ट्रिय सभा छ । अनेक शाखा, टोलदेखि केन्द्रीय कमिटीसम्म विभिन्न ठाउँहरु छन् । अहिले नभए अर्को समय आउँछ । हतारोका साथ प्रतिस्पर्था नगरौं । लोकतान्त्रिक अभ्यास भनेको प्रतिस्पर्धा मात्र होइन । यतिबेला सिंगो देशले हामीलाई हेरिरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर