कार्यकर्तालाई ओलीले भने- मेरो जिन्दगीको टुंगो छैन, तर तपाईंहरुलाई हेरेर ढुक्कले निदाउन सक्छु (भिडिओ) – Nepal Press

कार्यकर्तालाई ओलीले भने- मेरो जिन्दगीको टुंगो छैन, तर तपाईंहरुलाई हेरेर ढुक्कले निदाउन सक्छु (भिडिओ)

चितवन । एमालेको १० औं महाधिवेशन अन्तरगत जारी बन्द सत्रमा ओलीले आफ्नो पार्टीका कार्यकर्ताको हातमा लोकतन्त्रको भविष्य सुरक्षित रहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘यसै पनि मानिसको जिन्दगीको टुंगो हुँदैन । म त झन् धेरैपटक मरेर बाँचेको हुँ । धेरैपटक अपरेशन गरेको शरीर हो । त्यसैले कति बाँच्छु थाहा छैन । तर मलाई मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपार्इंहरुलाई अगाडि देख्छु । तपाईंहरुको हातमा देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु । समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले ढुक्क भएर सुत्न सक्छु ।’

साहसी र तेजतर्रार कार्यकर्ताहरुको अगूवाई गर्ने अध्यक्ष हुन पाएकोमा आफूलाई गर्व लाग्ने गरेको ओलीले बताए ।

‘म आफूलाई गौरवान्वित महसुस गर्छु कि अध्यक्षको रुपमा तपाईंहरुलाई लिड गर्ने मौका पाएको छु । तपाईंहरुले साथ नदिएको भए यो पार्टीको बेहाल हुने थियो,’ ओलीले भने ।

एमाले आज देशको सबैभन्दा ठूलो र निर्णायक पार्टीका रुपमा रहेको उनले बताए ।

‘एक वर्ष पनि भएको छैन, हामीलाई पार्टीबाट लखेटिएको थियो । हाम्रो पार्टीलाई धुलोमा पछारिएको थियो । तर, यति चाँडै हामी यो स्थितिमा आइपुगेका छौं,’ ओलीले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर