महाधिवेशनबाट नेतृत्व बदल्नु नै मुख्य कुरा हो : गगन थापा (भिडिओ) – Nepal Press

महाधिवेशनबाट नेतृत्व बदल्नु नै मुख्य कुरा हो : गगन थापा (भिडिओ)

काठमाडाैं ।  नेपाली कांग्रेसका नेता गगन थापाले १४ औं महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन् ।

शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ (सबुज) समूहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफू महामन्त्री हुने कुरा गौण भएपनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताएका हुन् ।

उनले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताए ।

उनले भने, ‘यो अधिवेशनबाट कांग्रेसको मुल अनुहार, कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ कि सक्दैनौँ त्यो सबैभन्दा ठूलो प्रश्न हो । हामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ ।’

नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहानेहरुको बिचमा एकता र समझदारी हुनु आवश्यक रहेको पनि बताए । कसले नेतृत्व गर्दा राजनीतिक रुपमा न्याय र जायज हुन्छ उसको नेतृत्वमा जानुपर्ने उहाँले बताउनुभयो । सकेसम्म १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका नेताहरु पुनः एकै ठाउँमा उभिनुपर्नेमा उहाँले जोड दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर