सहमतिको प्रयासमा नेताहरू, बन्दसत्र अझै सुरू भएन – Nepal Press
एमाले महाधिवेशन

सहमतिको प्रयासमा नेताहरू, बन्दसत्र अझै सुरू भएन

काठमाडौं । नेकपा एमालेको १९औं राष्ट्रिय महाधिवेशनअन्तर्गत बिहान ८ बजे तय गरिएको बन्द सत्र अझै सुरू भएको छैन । बन्दसत्र हुने हलको मुलढोका खोलिएको छैन ।

नेता केशव बडालले बन्दसत्र सुरू हुन अझै १ घण्टा जति लाग्ने जानकारी दिए । बन्दसत्रअघि नै सहमति जुटाउने प्रयासमा नेतृत्व लागेकाले केही कार्यक्रम सुरू हुन ढिला भएको बताइएको छ ।

बिहानै बन्दसत्रस्थल आएका प्रतिनिधि अहिलेसम्म कार्यक्रम सुरू नहुँदा केही अस्तव्यस्त बनेको छ । प्रतिनिधिलाई कार्यक्रमस्थलमै खानाको व्यवस्थापन गर्ने भनिएकोमा बन्दसत्र ढिला हुँदा प्रतिनिधि नजिकैको होटल/रेष्टुरेन्टमा गएर खाना खान थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर