एमाले केन्द्रीय सदस्य यादव महाधिवेशनस्थलमा बेहोस – Nepal Press

एमाले केन्द्रीय सदस्य यादव महाधिवेशनस्थलमा बेहोस

चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी हुन चितवन पुगेका एकजना केन्द्रीय सदस्य बेहोस भएका छन् ।

उद्घाटनसत्रका लागि शुक्रबार नै चितवन पुगेका एमाले केन्द्रीय सदस्य रौतहटका लालबाबु यादव बेहोस भएका हुन् ।

बन्दसत्र सुरुहुनुअघि अहिले नेताहरु छलफलमा रहेका छन् ।

महाधिवेशनस्थल बाहिर यादव एक्कासी बेहोस भएपछि अहिले स्वास्थ्यकर्मीहरुको टोलीले चेकजाँच गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर