स्याङ्जा कांग्रेसको सभापतिमा राजु थापा निर्वाचित – Nepal Press

स्याङ्जा कांग्रेसको सभापतिमा राजु थापा निर्वाचित

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाको सभापतिमा राजु थापा विजयी भएका छन् । गण्डकी प्रदेश सांसदसमेत रहेका निकटतम प्रतिस्पर्धी भागवत प्रकाश मल्ललाई ३२ मतान्तरले पराजित गरी थापा सभापति बनेका हुन् ।

थापाले १ हजार १ सय १७ मत प्राप्त गरी विजयी हुँदा मल्लले १ हजार ८५ मत प्राप्त गरे । कुल २ हजार २ सय ५७ मतदाता रहेको कांग्रेस स्याङ्जामा २ हजार २ सय १८ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर