माओवादीको पालिका सम्मेलन आजदेखि, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने – Nepal Press

माओवादीको पालिका सम्मेलन आजदेखि, प्रचण्डले भर्चुअल उद्घाटन गर्ने

काठमाडौं । सत्ता घटक नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औं महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेस जिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले वडा अधिवेशन सम्पन्न गरी पालिका सम्मेलन थालेको हो ।

माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलो पटक राष्ट्रिय सम्मेलन गर्न लागेको हो । आज शनिबार ७५३ वटा स्थानीय तहमा को अधिवेशन गर्ने भएको छ। त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिको पालिकास्तरीय सम्मेलन पनि हुँदैछ ।

पालिका सम्मेलनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन् ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए । प्रदेश सम्मेलन २५ मंसिरमा हुनेछ ।

माओवादीले ११-१३ पुसमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर