एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै – Nepal Press

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै

काठमाडाैं ।  ९ औं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ ।

१० औं महाधिवेशन उद्घाटन समारोह सकिएपछि बैठक बस्ने भएकाे हो ।

नेकपा एमालेका नेता कार्यकर्ताहरु अहिले चितवनमा रहेका छन् ।

चितवनको नारायणी नदी किनारमा एमालेको १० औं महाधिवेशन उद्घाटन गरिएको छ ।

उद्घाटन सत्रको कार्यक्रम सकिएपनि एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक जंगल क्राउन होटल सौराहामा साँझ ८ बजे बस्ने बताइएको छ ।

बैठकमा ९ औं महाधिवेशनपछि समिक्षा, १० औं महाधिवेशन उद्घाटनसत्रको समिक्षा लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै नेतृत्व चयन लगायतका विषयमा पनि छलफल हुनेछ ।

महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर