कांग्रेस अधिवेशन : ओखलढुंगामा संस्थापन पक्ष बलियो – Nepal Press

कांग्रेस अधिवेशन : ओखलढुंगामा संस्थापन पक्ष बलियो

ओखलढुंगा । नेपाली कांग्रेसको १४ महाधिवशेन अन्तर्गत भएका ओखलढुंगाका दुई प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षले वर्चश्व कायम गरेको छ ।

क्षेत्रीय अधिवेशनका दुवै समितिमा देउवा पक्षका उम्मेदवाहरूले क्लीन स्वीप गरेका थिए । क्षेत्र १ ख मा भने पौडेल समूहका दुई जना प्रदेश प्रतिनिधि निर्वाचित भएका छन् ।

दुई प्रदेशसभा अन्तर्गतका दुई क्षेत्रीय समितिमा देउवा पक्षका उम्मेदवारहरू सन्तोष थापा र आश्रचन राईको प्यानल विजयी भएको छ । जिल्ला अधिवेशनमा पनि देउवा पक्ष नै हावी देखिएको छ ।

जिल्ला सभापतिसहित सबै पदहरूमा देउवा पक्ष र पौडेल कोइराला पक्षले प्यानल नै उम्मेदवारी दिएका थिए । देउवा पक्षबाट तेजन खनाल र पौडेल कोइराला पक्षबाट बालकृष्ण दाहाल चुनावी मैदानमा थिए । निवर्तमान जिल्ला सभापति प्रदिप सुनुवारले खनाललाई साथ दिएका थिए । दाहाल पक्षमा कुमार लुइँटेल गोमा केसीको साथ थियो ।

तीव्र प्रतिस्पर्धाले आम निर्वाचनको झल्को दिने गरी दुवै पक्ष चुनावी मैदानमा होमिएका थिए । सभापतिमा देउवा पक्षका खनालले ७०१ मत ल्याएर बिजयी भए । उनका प्रतिद्वन्द्वि बालकृष्ण दाहालले ६८८ मत पाए । एक उपसभापति र एक सहसचिव भने दाहाल प्यानलबाट पौडेल कोइराला पक्षका निर्वाचित भए । अन्य पदािधकारीहरू सबै देउवा पक्षका आएका छन् ।

पौडेल कोइराला पक्षलाई राहत

प्रदेश तथा जिल्ला कार्यसमितिमा पराजय व्यहोरेको पौडेल पक्षलाई महाधिवेशन प्रतिनिधिमा भने राहत मिलेको छ । करिब ३५ प्रतिशत महाधिवेशन प्रतिनिधि भने निर्वाचित भएका छन् ।

२५ मध्ये ८ जना दाहाल प्यानलका निर्वाचित भए । दाहाल प्यानलबाट पौडेल कोइराला पक्षका गोमा केसी, कुमार लुइँटेल, लिलाबल्लभ दाहाल, हेमालक्ष्मी राई, अर्चना लुइँटेल लगायत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर