‘बर्ड भ्यू’ मा एमाले महाधिवेशन – Nepal Press
‘बर्ड भ्यू’ मा एमाले महाधिवेशन
फोटो फिचर
सरोज बैजु २०७८ मंसिर १० गते १२:४४
२०७८ मंसिर १० गते १२:४४

चितवन । नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा सुरू भएको छ । महाधिवेशनस्थलमा नेता-कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।

नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चअघि हजारौं कार्यकर्ताहरु जम्मा भइसकेका छन् भने नेताहरू आउने क्रम जारी छ । अहिलेसम्म रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य , प्रदीप ज्ञवाली, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायतका नेताहरू महाधिवेशनस्थल पुगिसकेका छन् ।

महाधिवेशनको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । उनी केहीबेरमा आइपुग्ने छन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।

उद्घाटन समारोहमा नारायणीतीरको रमझमबारे ड्रोनमा कैद गरिएका तस्बिरहरू :