एमाले प्रतिनिधिको ओइरोले राजमार्गमा चर्को जाम – Nepal Press

एमाले प्रतिनिधिको ओइरोले राजमार्गमा चर्को जाम

दाउन्ने । बुटवल—नारायणगढ सडकको दाउन्नेमा गाडीको लामो जाम सुरु भएको छ। जामका कारण चितवनमा आयोजना हुने नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन आएकाहरु बाटोमा रोकिएका छन् ।

दाउन्ने हुँदै सडकमार्गबाट चिवतन जाँदै गरेका पश्चिमका तीन वटा प्रदेशका एमाले नेता कार्यकर्ता जाममा परेका हुन्।

निर्माणाधीन बुटवल—नारायणगढ सडकको दाउन्ने उकालो भएको र धेरै ठाउँमा एकतर्फी सवारी सञ्चालन हुने भएकाले महाधिवेशनका लागि आएका सवारी जाम भएर रोकिएका हुन्।

बुटवल नारायणगण सडकमा निर्माणका लागि ठाउँ ठाउँमा पुल निर्माणका कारण अस्तव्यस्त बनेको छ । दाउन्ने क्षेत्रमा सडक बिस्तारका लागि शुरू गरिएको खाल्डाखुल्डीले सडकमा लामो लाइन लागेको छ ।

बर्दघाट दाउन्ने सडकको १५ किलोमिटर सडक पार गर्न ४(५ घन्टा लाग्ने गरेको छ । उकालो र साँघुरो बाटोका विभित्र ठाउँमा ट्रक बिग्रेकाले सडकमा जाम लागेको त्यहाँ रहेका ट्राफिक प्रहरीको भनाई छ । महाधिवेशनमा सहभागिताका लागि सयौं सवारी घन्टौं लाइनमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *