महाधिवेशनस्थल चितवन पुगे अध्यक्ष ओली – Nepal Press

महाधिवेशनस्थल चितवन पुगे अध्यक्ष ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् । पार्टीको १० औं महाधिवेशनमा सहभागी हुन ओली चितवन गएका हुन् ।

उनी अहिले केही बेरअघि भरतपुर विमानस्थलमा अवतरण गरेका छन् । विमानस्थलमा हजारौ नेता कार्यकर्ताहरले ओलीलाई स्वागत गरेका छन् ।

ओली काठमाडौंबाट बुद्ध एयरमा चिवतन गएका हुन् ।

यसअघि केही शीर्ष नेताहरु हिजो नै चितवन पुगिसकेका छन् । अझै नेताहरु पनि चितवन पुगेका कार्यक्रम जारी रहेको छ ।

चितवन पुगेपछि अ‍ोली महाधिवेशनस्थल निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

एमाले महाधिवेशन यहि मंसिर १० देखि १२ सम्म चितवनमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर